दफा
मास्टर (मुख्य अधिकृत) र अरु नाविक नेपाली नागरिक हुनु पर्ने
(१) नेपाली पानी जहाजको
मास्टर (मुख्य अधिकृत) र अरु नाविक मध्ये कम्तीमा ७५ प्रतिशत नाविक नेपाली नागरिक हुनु
पर्नेछ ।
तर विशेष आवश्यकता परेमा अस्थायी व्यवस्थाको रुपमा नेपाल सरकारले कुनै नेपाली
पानी जहाजको मास्टर (मुख्य अधिकृत) अरु नाविक र अधिकृतहरुमा सो पानी जहाज दर्ता भएको दोस्रो वर्षदेखि प्रतिवर्ष समानुपातिक प्रतिशतको हिसाबले आठौ वर्षसम्म ७५ प्रतिशत पुग्ने गरी
नेपाली नागरिकहरुको नियुक्ति गर्दै जाने गरी नेपाल सरकारले अनुमति दिन सक्नेछ ।
(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिए तापनि नेपाल  सित युद्धको
स्थितिमा रहेको देशको नागरिकलाई नेपाली पानी जहाजको मास्टर (मुख्य अधिकृत) नाविक वा
कर्मचारी नियुक्त गर्न सकिने छैन ।
(३) नेपाली पानी जहाजको मास्टर (मुख्य अधिकृत) नाविक वा कर्मचारीको नियुक्ति गर्दा
नेपाली नागरिकलाई ग्राह्यता दिनु पर्नेछ ।